कति मोड आए होलान्? कति बाटो काटिएछ ?
फर्की हेर्न पाए हुन्थ्यो, कसरि पो बाँचिएछ ?
फर्की हेर्न पाए हुन्थ्यो, कसरि पो बाँचिएछ ?
सबै इच्छा अधूरा छन् ,छैनन् केहि पुरा पुरा
नसक्ने र नजानेका काम मात्रै आँटिएछ ।।
कहिले आँसु लुकाएर, कहिले मुटु दुःखाएर
खुसी हुने बहानामा, आफैँलाइ ढाँटिएछ ।।।
बितेछन् ती जिन्दगीका अनमोल पलहरू
अनुभूति मात्र केवल एकमुठी साँचिएछ ।।।।
न बाटोको ठेगान भयो, न गन्तब्य टुङ्गो लाग्यो
यात्रा त्यसै थालिएछ, पाइला त्यसै चालिएछ ।।।।।
रूपा कुसुम
नेपालगंज, बाँके
No comments:
Post a Comment