धपक्क बलेको रूपरङ्ग गजब छ ।
चाहना र रहरको उमङ्ग गजब छ ।
चाहना र रहरको उमङ्ग गजब छ ।
नजरभित्र केही कुरा लुकाएको जस्तो
धरोधर्म त्यो हेराइको ढङ्ग गजब छ ।।
प्रकृतिलाइ समेत सुशोभित पार्ने
सुन्दरता हेरेर दुनियाँ दङ्ग, गजब छ ।।।
प्रशंसा र बखान मात्र गरेको देखेँ
जताततै ितिम्रो चर्चा प्रसङ्ग, गजब छ ।।।।
हेर्दा–हेर्दा आँखाबाट रसाएछन् 'आँसु'
आकर्षणको जादु तिमिसँग गजब छ ।।।।।
धपक्क बलेको रूपरङ्ग गजब छ ।
चाहना र रहरको उमङ्ग गजब छ ।
सुरेन्द्र न्यौपाने 'आँसु'
गुटु,मिलनचोक,सुर्खेत
No comments:
Post a Comment