आँखि झ्याल छन नाङ्गा भित्ता,जसरि नि टाल्छु आमा !
आफ्नै दैलो अन्न-अनाज,यसपालि त भित्रयाउँला
सुर्तै नलेउ सिङ्गो फाँट नै,पसिनै ले गाल्छु आमा !
बिर्स अब खोले-सिस्नो अनि फाँडो,जसो लायैाँ खायैाँ
अमन चयन सधैँभरि,बडो ठाँटले पाल्छु आमा !
पिइ दिउँला बिषै बरू,सहिष्णुता भाँड्ने छैन
जोगाइराखि भाइचारा,बैगुन सकल फाल्छु आमा !
कुरुप त्यो हिजोलाइ,आउ दिउँ दागबत्ति अनिमात्रै
नबिन-सुन्दर संसारको,कोर्न नक्सा थाल्छु आमा !
हरि शरण लामिछाने " हार्दिक "
नेपालगंज,१,वाटरपार्क,धम्बोझि
No comments:
Post a Comment